राष्ट्रियसभामा सरकारको वार्षिक प्रतिवेदन पेश
काठमाडौं, असार १५ : आर्थिक वर्ष २०७४/७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्....
काठमाडौं, असार १५ : आर्थिक वर्ष २०७४/७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिवेदन पेश गरेका हुन्।
बैठकमा कांग्रेसका सांसद अनिता देवकोटाले ‘विनियोजन विधेयक, २०७६ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपियाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन्।
सरकारले खर्च कटौती नीति लिइरहे पनि खानेपानी मन्त्रालयका पदाधिकारीका लागि पुनःइन्धनको व्यवस्था गरिएको भन्दै उनले यस्ता फजुल खर्च गर्न नहुने धारणा राखिन्।
‘फजुल खर्च हुनुहुँदैन, मितव्ययिता हुनुपर्छ भन्दै अघिल्लो आर्थिक वर्षमा कटौती गरिएको इन्धन खर्च आगामी आर्थिक वर्षमा पुनःकायम गरिएको हुँदा उक्त शीर्षकको खर्च कटौती एक रुपैयाँ कायम गर्न प्रस्ताव प्रस्तुत गर्दछु,’ उनले भनिन्।
राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ।











