Kathmandu Press

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

काठमाडौं, असार १३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। उनले आज बिहान ९ बजे बैठक बोलाएको एमाले प्रवक्ता प्रदीप...
ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

काठमाडौं, असार १३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। 

उनले आज बिहान ९ बजे बैठक बोलाएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बस्न लागेको हो। 

पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी एकता तथा अदालतको अन्तरिम आदेशपछिको अवस्थाका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको उनले बताए। 

स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई भने बोलाइएको छैन। अर्को बैठकमा नेपाल पक्षलाई पनि बोलाउने विषय आजको बैठकमा छलफल हुने जनाइएको छ।
 

प्रकाशित मिति: ०८:१६ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्