Kathmandu Press

काठमाडौंमा एक साता निषेधाज्ञा थप्ने तयारी, खुकुलो बनाइने

काठमाडौं, असार १३ : कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौंमा उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी गरिएको छ। काठमाडौंमा गत वैशाख १ट गतेदेखि निषेधाज्ञा...
काठमाडौंमा एक साता निषेधाज्ञा थप्ने तयारी, खुकुलो बनाइने

काठमाडौं, असार १३ : कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौंमा उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी गरिएको छ। 

काठमाडौंमा गत वैशाख १ट गतेदेखि निषेधाज्ञा लागू रहेको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा असार १४ गते राति १२ बजेबाट सकिँदै छ। 

अझै पनि कोरोनाको जोखिम कम नभएकाले फेरि एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको छ। त्यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्न लागेको छ। 

अब एक साता थपिने निषेधाज्ञा झन खुकुलो बनाइने जनाएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञाका विषयमा निर्णय गर्न आज बैठक बस्न लागेको बताए। निषेधाज्ञा थपिए पनि खुकुलो हुने उनको भनाइ छ। 

गत तीन सातायता निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ। अहिले निजी सवारी साधन जोर–बिजोर प्रणालीमा सञ्चालन भइरहेका छन्। 

त्यस्तै, अत्यावश्यक उपभोग्य वस्तुका पसल बिहान ११ बजेसम्म खोल्न दिइएको छ। अन्य पसलहरू पनि बारका आधारमा खोल्न दिइएको छ। 

स्वास्थ्य मापदण्ड पालना गरेर विकास निर्माणका काम पनि भइरहेका छन्। अहिले सार्वजनिक यातायात, शिक्षण संस्था बन्द छन्। 
त्यस्तै, भेला, सभा, समारोह, गोष्ठीमा रोक लगाइएको छ। सार्वजनिक स्थलमा भीडभाड गर्न दिइएको छैन। 

प्रकाशित मिति: ०७:४१ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्