Kathmandu Press

वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, असार १३ : डेनमार्क युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।  शनिबार राति भएको खेलमा वेल्सलाई ४-० ले हराउँदै डेनमार्क अन्तिम ८ मा प्रवेश...
वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, असार १३ : डेनमार्क युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।  

शनिबार राति भएको खेलमा वेल्सलाई ४-० ले हराउँदै डेनमार्क अन्तिम ८ मा प्रवेश गरेको हो। डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे भने जोकिम माहेल र मार्टिन ब्रेथवेटले पनि गोल गरे। डेनमार्कले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको थियो।

खेलको २७औं मिनेटमा डोलवर्गले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै डेनमार्कलाई सुरुआती अग्रता दिलाए। दोस्रो हाफको सुरुआतमै डोलवर्डले नै गोल थपेपछि डेनमार्कले वेल्समाथि २–० को अग्रता लियो। उनले ४८औं मिनेटमा वेल्सका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए।

खेलको ८८औं मिनेटमा जोहकिम मेइलले गोल गरेपछि डेनमार्कले ३–० को अग्रता लियो। उनले जेन्सनको पासमा वेल्सका दुई डिफेन्डरलाई छलाउँदै उत्कृष्ट गोल गरेका थिए। खेलको इन्जुरी समयमा ह्यारी विल्सनले धै रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटियो।

इन्जुरी समयको चौथो मिनेटमा ब्रेथवेटले गोल गर्दै टिमलाई ४–० को अग्रता दिलाए। सुरुमा उनको गोललार्इ लाइन्सम्यानले अफसाइड दिएका थिए। तर, भारमार्फत रेफ्रीले उक्त गोललाई मान्यता दिए।

अब डेनमार्कले क्वार्टफाइनलमा आइतबार राति हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ।

प्रकाशित मिति: ०६:१८ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्