Kathmandu Press

देउवाले बोलाए पदाधिकारी बैठक 

काठमाडौं, असार १२ : नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएको छ ।पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आइतबार दिउँसो २ बजे...
देउवाले बोलाए पदाधिकारी बैठक 

काठमाडौं, असार १२ : नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएको छ ।

पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आइतबार दिउँसो २ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल गर्न बैठक बोलाइको बताईएको छ ।

क्रियाशील सदस्यतामाथिको उजुरी र इन्ट्री हुन बाँकी क्षेत्र तथा जिल्लाबारे सहमति कायम गरेर अगाडि बढ्न पदाधिकारी तहमा छलफल गर्न लागिएको बुझिएको छ ।

क्रियाशील सदस्यता काम समयमा सम्पन्न गर्न नसकिँदा भदौ १६-१९ गतेका लागि निर्धारण गरेको महाधिवेशनका बारेमा अन्यौलता समेत देखिएको कतिपयको बुझाई छ । 

प्रकाशित मिति: २०:३५ बजे, शनिबार, असार १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्