Kathmandu Press

निषेधाज्ञा उल्लंघन गर्ने १७ सय ९० वटा सवारी साधन नियन्त्रणमा

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गर्ने एक हजार सात सय ९० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रण लिएको छ।
निषेधाज्ञा उल्लंघन गर्ने १७ सय ९० वटा सवारी साधन नियन्त्रणमा

काठमाडौं, असार १२ : विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गर्ने एक हजार सात सय ९० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रण लिएको छ ।

तीमध्ये ६ सय १ चारपांग्रे सवारी साधन र एक हजार एक सय ८९ वटा मोटरसाइकल छन् । त्यसरी नियन्त्रणमा लिइएका सवारी साधनलाई सोधपुछपछि छाडिने गरेको छ ।

यस्तै, नयाँ भेरियन्टसहितको कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले सञ्चालन गरेको ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा चार सय १५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत हालसम्म चार लाख ५९ हजार पाँच सय १२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

यसैगरी निषेधाज्ञा उल्लंघन गर्ने ६८ जनालाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६ हजार आठ सय रुपैयाँ जरिवाना गरिएको छ । त्यसक्रममा दुई हजार तीन सय १२ जनालाई रोकी सम्झाइबुझाइ छाडिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: १८:३९ बजे, शनिबार, असार १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्