‘धर्तीमाता’को बयान, ‘ममा देवता चढेपछि शक्ति आउछ’
काठमाडौं, असार १५ : भद्रकाली मन्दिर परिसरमा युवतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी ‘धर्तीमाता’ अर्थात विष्णु कुँवरले देवता चढ्ने गरेको ....
काठमाडौं, असार १५ : भद्रकाली मन्दिर परिसरमा युवतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी ‘धर्तीमाता’ अर्थात विष्णु कुँवरले देवता चढ्ने गरेको बताएकी छन्। उनले प्रहरीसँगको बयानमा देवता चढेपछि शक्ति आउने गरेको र जे पनि गर्ने गरेको बताएकी छन्।
उनले प्रहरीसँगको बयानमा भनेकी छन्, ‘ममा देवता चढेपछि शक्ति आउछ। त्यस्तो बेलो जसलाई जे पनि गर्नसक्छु । याद रहँदैनँ।’ उनले बयान लिने प्रहरीलाई समेत देवता चढेपछि जे पनि गर्न सक्ने सुनाएकी छन्।
गत साता भद्रकाली मन्दिरमा युवतीलाई दुव्र्यवहार गरेको भिडियो भाइरल भएको थियो। त्यसपछि प्रहरीले उनको खोजी सुरू गरेको थियो। उनलाई शुक्रबार बालाजुबाट पक्राउ गरेको थियो।
प्रहरीले उनलाई अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयबाट सात दिनको अनुमति लिएको काठमाडौं प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले बताए। उनलाई काठमाडौं प्रहरी परिसरमै राखिएको छ।
प्रहरीले उनीमाथि मुद्दा लगाउन युवतीको खोजी गरिरहेको छ। तर, दुव्र्यवहार गरिएकी युवती भेटिएकी छैनन्। उनको तर्फबाट कुनै उजुरी नआएपछि प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउन खोजेको छ। त्यसकै लागि जिल्ला प्रशासन कार्यालयबाट हिरासतमा राख्न सात दिनको अनुमति लिएको हो।






