सगरमाथा क्षेत्रमा सुरुङ खनेर चीन–नेपाल रेलमार्ग जोड्नुपर्ने प्रस्ताव
काठमाडौं, असार १२ : चीन-नेपाल महत्वाकांक्षी रेलमार्ग परियोजनामा आबद्ध एक वरिष्ठ चिनियाँ इन्जिनियरले सगरमाथा क्षेत्रबाट सुरुङ खनेर रेलमार्ग निर्माण गर्नुपर्ने बताएका छन्।चीन र...
काठमाडौं, असार १२ : चीन-नेपाल महत्वाकांक्षी रेलमार्ग परियोजनामा आबद्ध एक वरिष्ठ चिनियाँ इन्जिनियरले सगरमाथा क्षेत्रबाट सुरुङ खनेर रेलमार्ग निर्माण गर्नुपर्ने बताएका छन्।
चीन र नेपाललाई रेलमार्गले जोड्न सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३० किलोमिटर सुरुङ खन्ने प्रस्ताव दुवै देशका सरकारलाई पठाउन बाँकी रहेको साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्ट ती इन्जिनियरको धारणा रहेको जनाइएको छ।
बुधबार उक्त पोस्टले रेलवे स्ट्यान्डर्ड डिजाइन जर्नलमा प्रकाशित रिपोर्ट उद्धृत गर्दै चीन-नेपालबीच हजार किलोमिटर सीमामा रेलका लागि ६ वटा मार्ग प्रस्ताव गरिएको उल्लेख गरेको छ।
तीमध्ये सगरमाथा राष्ट्रिय निकुञ्जमा ३० किलोमिटर सुरुङ खनेर रेलमार्ग बनाउने विकल्पलाई उत्तम मानिएको रिपोर्टमा भनिएको पोस्टमा उल्लेख छ।
रिपोर्टमा उत्तर कोरियापछि एसियाको सबैभन्दा गरिब मूलुक नेपाल भएको दाबी गरिएको छ। ८ अर्ब अमेरिकी डलर लगानीको यो रेलवे परियोजनाले नेपालको अर्थव्यवस्थालाई सुदृढ गर्न ठूलो मद्दत पूने तर्क पनि त्यसमा गरिएको छ।
सन् २०१६ मा चीनको महत्वाकांक्षी बीआरआई परियोजनामार्फत नेपाल र चीनबीच रेल परियोजनामा हस्ताक्षर भएको थियो।
५ सय १३ किलोमिटरको रेलमार्गमा ५ दशमलव २७ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। परियोजना सफल भए तिब्बतको केरुङ हुँदै नेपालको राजधानी काठमाडौँ रेलमार्गबाट जोडिनेछ।











