Kathmandu Press

सर्वोच्चबाट संसद पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुन्छ : उपेन्द्र यादव

सप्तरी, असार १२ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण...
सर्वोच्चबाट संसद पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुन्छ : उपेन्द्र यादव

सप्तरी, असार १२ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने विश्वास व्यक्त गरेका छन्।

आज (शनिबार) सप्तरीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा र देउवा प्रधानमन्त्री बन्नेमा आफूहरू ढुक्क रहेको बताए। संविधान र लोकतान्त्रको रक्षार्थ यस्तो हुनु आवश्यक रहेको पनि उनले बताए।  

अर्को सन्दर्भमा अध्यक्ष यादवले आफ्ना कुनै माग पूरा नगर्दा पनि जसपाका कतिपय नेता सरकारमा सहभागी भएको बताए।। मधेसको माग सुन्नै नचाहेने प्रधानमन्त्री केपी ओलीले ती माग पूरा नगर्ने दाबी पनि उनले गरे।

जनसंख्याका आधारमा समावेशी समानुपातिक प्रतिनिधित्व, भाषाको अधिकारलगायत अन्य कुनै माग ओलीले पूरा नगरेको जिकिर उनको थियो। नागरिकताको विषयमा ओलीले ठूलो खेल खेलेको आरोप यादवले लगाए।

ओलीले नागरिकता विधेयकलाई संसदभित्रै पारित गर्न नदिई पछि एकातिर अध्यादेश उने अर्कोतिर आफ्नै मान्छे लगाएर खारेज गर्न लगाएको यादवको भनाइ थियो।

उनले ओली सरकारमा सहभागी जसपा नेताहरूलाई आत्मालोचना गरेर पार्टीमा फर्किन पनि आग्रह गरे।

प्रकाशित मिति: १६:११ बजे, शनिबार, असार १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्