खेतमा भलपानी लगाइदिएको निहुँमा झडप हुँदा १५ जना घाइते
रौतहट, असार १२ : रौतहटको मौलापुर-१ मर्यादपुरमा खेतमा भलपानी लगाइदिएको निहुँमा विषयलाई लिएर दुई समूहबीच आज (शनिबार) बिहान झडप हुँदा १५ जना घाइते भएका...रौतहट, असार १२ : रौतहटको मौलापुर-१ मर्यादपुरमा खेतमा भलपानी लगाइदिएको निहुँमा विषयलाई लिएर दुई समूहबीच आज (शनिबार) बिहान झडप हुँदा १५ जना घाइते भएका छन्।
स्थानीय भवाल साह सोनारले छिमेकी हृदय नारायण यादवको खेतमा भलपानी लगाइदिएपछि सुरु भएको विवाद झडपको स्थितिमा पुगेको हो।
जिल्ला प्रहरी कार्यलय रौतहतका अनुसार घाइते हुनेमा साह पक्षका आठ र यादव पक्षका सातजना छन्। प्राथमिक उपचारपछि घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
झडपकै कारण मर्यादापुर तनावग्रस्त बने पनि त्यसलाई नियन्त्रणमा लिन ५५ जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।
प्रकाशित मिति: १५:१० बजे, शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१