Kathmandu Press

असार १३ देखि १९ सम्म विद्युत कटौती हुन सक्ने

काठमाडौं, असार १२ : नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोसी आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागिएकाले असार १३ देखि १९ गतेसम्म विद्युत कटौती हुन सक्ने जनाएको...
असार १३ देखि १९ सम्म विद्युत कटौती हुन सक्ने

काठमाडौं, असार १२ : नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोसी आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागिएकाले असार १३ देखि १९ गतेसम्म विद्युत कटौती हुन सक्ने जनाएको छ।

प्राधिकरणले आज (शनिवार) एक सूचना जारी गर्दै राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी आयोजनालाई खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रसारण लाइन बन्द हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेुनबाट बिद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरूका लागि छोटो समयका लागि विद्युत कटौती हुन सक्ने जानकारी दिएको। 

निर्धारित समयअगावै प्रसारण लाइन जोड्ने काम सकिए सोहीअनुसार विद्युत आपूर्ति गरिने पनि सूचनामा जनाइएको छ। कुलेखानी जलाशयको पानी प्रयोग गरी सकेसम्म विद्युत् कटौती कम गर्ने प्रयासमा प्राधिकरण रहेको पनि सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १३:३८ बजे, शनिबार, असार १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्