Kathmandu Press

सर्लाहीमा एक्साभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाही, असार १२ : सर्लाहीका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष श्रेष्ठको...
सर्लाहीमा एक्साभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाही, असार १२ : सर्लाहीका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष श्रेष्ठको शुक्रबार राति हत्या भएको हो ।

शुक्रबार इश्वरपुर नगरपालिका वडा नम्बर-३ मै रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्नका लागि पुगेको बेला वडाध्यक्ष श्रेष्ठको हत्या भएको इश्वरपुर नगरपालिकाले जनाएको छ ।

सर्लाहीका प्रहरीका अनुसार पोखरी निरीक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हर्षबहादुर तामाङसँगै खाजा खान पुगेको र त्यहीँ भनाभनबाट विवाद समेत भएको थियाे ।

खाजा खाँदासम्म पनि भनाभन जारी नै रहेपछि वडाध्यक्षले चालक तामाङलाई चप्पलले हिर्काएपछि रिसमा जेसिबीको बकेटले प्रहार गरेर वडाध्यक्ष श्रेष्ठको हत्या गरेको प्रहरीले बताएको छ।

जेसिबी चालक तामाङले बकेटले वडाध्यक्षको टाउको र छातीमा प्रहार गरेर हत्या गरेको बताइएको छ ।

हत्यापछि उनको शवलाई ठेकेदार र चालक मिलेर गाडेको र शव रातभरि खोजेपछि मात्रै शनिबार बिहान उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: १०:४६ बजे, शनिबार, असार १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्