आज केही स्थानमा भीषण वर्षाको सम्भावना
काठमाडौं, असार १२ : आज देशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।मनसुनी वायु र दक्षिणी भू–भाग नजिक...
काठमाडौं, असार १२ : आज देशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुनी वायु र दक्षिणी भू–भाग नजिक रहेको मनसुनी न्यून चापीय रेखाका कारण प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक– दुई स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको विभागको आकलन रहेको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान भने भीषण वर्षा हुनसक्नेछ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेश एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।











