समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जाको सुविधा
काठमाडौं, असार १२ : नेपाल राष्ट्र बैंकले बिभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जा उपलब्ध गराउने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक पुनःकर्जा कार्यविधि,...
काठमाडौं, असार १२ : नेपाल राष्ट्र बैंकले बिभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जा उपलब्ध गराउने भएको छ।
केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक पुनःकर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो।
निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ।
कूल १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुनःकर्जा प्रदान गरिने जनाएको छ। अध्ययन समितिले १० मेगावाट भन्दा साना विभिन्न ३५ आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थियो। कोरोनाका कारणले समस्यामा परेका आयोजनालाई पनि यस्तो सुविधा उपलब्ध हुनेछ।
केन्द्रीय बैंकले प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, पाँच करोडसम्मका विशेष र साधारण पुनःकर्जा उपलब्ध लागेको हो। उक्त कर्जा क, ख र ग बर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ठ रुपमा प्रदान गरिनेछ।











