Kathmandu Press

कर्णालीका एमाले तीन सांसद एक महिनाका लागि निलम्बित

सुर्खेत, असार १२ : नेकपा (एमाले)का कर्णाली प्रदेश सभाका तीन जना सदस्य फेरि निलम्बनमा परेका छन्। कर्णाली प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी भौतिक पूर्वाधार...
कर्णालीका एमाले तीन सांसद एक महिनाका लागि निलम्बित

सुर्खेत, असार १२ : नेकपा (एमाले)का कर्णाली प्रदेश सभाका तीन जना सदस्य फेरि निलम्बनमा परेका छन्। 

कर्णाली प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई निललम्वन गरिएको जनाएको छ।

एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्वित गरिएको भनि प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना सम्वन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। 

यसअघि फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका चार जना सांसदलाई एमालेले सांसद पदबाट हटाएको थियो। अहिले निलम्बनमा परेका तीन र प्रकाश ज्वालालाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत थमौति गरेको थियो। 

अहिले मन्त्री रहेका तीनै जनालाई एमाले कर्णाली प्रदेश सभा संसदीय दलले मन्त्रीबाट राजीनामा दिन दिर्नेशन दिएको थियो। त्यो निर्देशन नमानेपछि कारकाही गरिएको जनाएको छ। 

प्रकाशित मिति: ०६:४६ बजे, शनिबार, असार १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्