Kathmandu Press

ज्वाला सङ्ग्रौला थप पाँच दिन थुनामै रहने 

काठमाडौं, असार ११ : प्रहरीको हिरासतमा रहेकी सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनको समूहलाई थप पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको...
ज्वाला सङ्ग्रौला थप पाँच दिन थुनामै रहने 

काठमाडौं, असार ११ : प्रहरीको हिरासतमा रहेकी सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनको समूहलाई थप पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ।

शुक्रबार अनुसन्धानको लागि पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो। अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी संग्रौलासहितको समूहमाथि अनुसन्धान गर्न तीन दिनको समय कम भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट थप पाँच दिन थप्न लगाएको हो।

युवा संघमा आवद्ध संग्रौलाकी पहिलेकै साथी खुश्बु नविता घिमिरेलाई कुटपिट गरेको जाहेरीका आधारमा उनको समूहलाई प्रहरीले पक्राउ गरेको हो। संग्रौलासहित उनको समूहका केहीले जेठ १४ गते खुश्बुलाई कुटपिट गरेको किटानी जाहेरीमा उल्लेख छ।

असार ६ गते संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो।

प्रकाशित मिति: १९:१० बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्