प्रचण्डको सरकारलाई प्रश्न– मदन भण्डारीको हत्यारा पत्ता लगाउने केले रोकेको छ ?
काठमाडौं, असार १४ : नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारीको हत्यारा पत्ता लगाउन सरकारको पनि नेतृत्व गरेको अवस्थामा केस्ले रोकेको छ भनर प्रश्न ग....
काठमाडौं, असार १४ : नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारीको हत्यारा पत्ता लगाउन सरकारको पनि नेतृत्व गरेको अवस्थामा केस्ले रोकेको छ भनर प्रश्न गरेका छन्।
शनिबार मदन भण्डारी फाउन्डेसनले भण्डारीको ६८ औं जन्म जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हामी नै सरकारको नेतृत्वमा छौं, तर मदन भण्डारीका हत्यारा किन पत्ता लगाउन सक्दैनौं ?’
उनले भण्डारीको हत्या भयानक डिजाइन अन्तरगत भएको पनि बताए । ‘अहिले पनि हामी, आम नेपाली जनतालाई लाग्छ, त्यो दुर्घटना होइन, एउटा भयानक डिजाइनअन्तरगत भएको हत्या हो, कहिलेकाँही अनौठो लाग्छ, केले दिँदैन हामीलाई ? हामी अहिले त सरकारमा पनि छौं । सरकारको नेतृत्व गरेका छौं । तर, भन्न सक्ने ठाउँमा कहीँ न कहीँ छैनौं । बरु, यसलाई त्यसै त्यसै ढिलो हुन दिउँ, आफैं ठीक हुन्छ भन्नेजस्तो अवस्था छ’ प्रचण्डले कार्यक्रममा भने।
उनले सरकारमा आफ्नै नेतृत्व रहँदा पनि मदन भण्डारीका हत्याराको खोजी गर्ने कार्यमा ढिलाइ भइरहेको गुनासो पोखे पनि उक्त कार्यक्रममा सँगै रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने कुनै प्रतिक्रिया दिएनन्।






