Kathmandu Press

हप्ता दिनदेखि उठेन काठमाडाैंको फोहर, दुर्गन्ध फैलिँदै 

काठमाडाैं, असार १४ : उपत्यकाका नदीलगायत चक्रपथ सफाइ अभियान निरन्तर जारी रही स्वच्छ राजधानी बनाउन सहयोग पुगेपनि हप्ता दिनदेखि फोहर नउठ्दा दुर्गन्धित बन....

हप्ता दिनदेखि उठेन काठमाडाैंको फोहर, दुर्गन्ध फैलिँदै 

काठमाडाैं, असार १४ : उपत्यकाका नदीलगायत चक्रपथ सफाइ अभियान निरन्तर जारी रही स्वच्छ राजधानी बनाउन सहयोग पुगेपनि हप्ता दिनदेखि फोहर नउठ्दा दुर्गन्धित बनेको छ। 

फोहर नउठ्दा राजधानीका चोक चोकमा थुप्रो जम्मा भएको छ। वर्षायाम भएकाले फोहरका कारण संक्रामक रोग फैलन सक्ने भय उत्पन्न भएको छ। राजधानीको सडकमा निस्कन सक्ने अवस्था छैन। नुवाकोट जिल्ला ककनी गाउँपालिका–२ स्थित सिसडोलका स्थानीयवासीले क्षतिपूर्ति पुनरावलोकन लगायत माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द गरेका छन्। 

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलवासीसँग शुक्रबारदेखि वार्ता जारी रहेकाले केही दिनमै समस्या समाधानतिर जाने बताए। ‘ल्याण्डफिल्ड साइड’ का लागि उपयोग भइरहेको जग्गा अधिग्रहण गरिनुपर्ने माग पनि पीडितको छ। स्थानीय सरकार सञ्चालन ऐनअनुसार फोहर व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहको हो। राजधानी दुर्गन्धित हुँदा पनि यहाँका स्थानीय सरकारले फोहर व्यवस्थापनमा ध्यान नदिएको पुतलीसडकवासी जीवन श्रेष्ठले गुनासो गरे। 

पुतलीसडकमा डेढ वर्षअघिदेखि बगिरहेको ढलको कुलो अझै काठमाडौँ महानगरपालिकाले बन्द नगर्दा यस क्षेत्रमा बस्न नसक्ने वातावरण बनेको उनको आक्रोश छ। केन्द्रीय सरकारका राज्य सञ्चालकहरु दैनिक हिँड्ने मार्गकै यस्तो अवस्था छ भने अन्यत्र के भइरहेको होला भनी सहजै अनुमान गर्न सकिने स्थानीयवासीको गुनासो छ।

‘ल्याण्डफिल्ड साइड’ मा पूर्वाधार निर्माणको जिम्मेवारी भने शहरी विकास मन्त्रालयलाई दिइएको छ। शहरी विकास तथा भवन निर्माण विभागले पूर्वाधार निर्माण गर्ने तयारी भइरहेको जनाइएको छ। सिसडोल नजिकैको बञ्चरेडाँडामा विभागले फोहर फाल्ने स्थानको पूर्वाधार निर्माण गरिरहेको छ।

प्रकाशित मिति: १६:१४ बजे, शनिबार, असार १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्