बाढी प्रभावितका लागि मेडिकल क्याम्प र उद्धार कार्यमा सक्रिय नेपाली सेना
काठमाडौं, असार १० : अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानहरुबाट प्रभावित स्थानहरुमा नेपाली सेनाले मेडिकल क्याम्प तथा उद्धार कार्यहरु संचालन गरेको छ...
काठमाडौं, असार १० : अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानहरुबाट प्रभावित स्थानहरुमा नेपाली सेनाले मेडिकल क्याम्प तथा उद्धार कार्यहरु संचालन गरेको छ ।
सेनाले सिन्धुपाल्चोक, मुगु र मनाङ जिल्लाका विभिन्न स्थानहरुमा नेपाली सेनाले मेडिकल क्याम्प तथा जनशक्ति तथा श्रोत साधन प्रयोग गरि उद्धार कार्यहरु संचालन गरेको हो ।
सेनाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका लगायत विभिन्नु स्थानका बाढी पहिरो प्रभावित व्यक्तिहरुको लागि स्वास्थ्य उपचार दिलाउने उद्देश्य अनुरुप बागमती प्रदेश सरकारको र नेपाली सेनाको फिल्ड एम्बुलेन्स गुल्मको संयुक्त मेडिकल टोलीले चनौटे ईलाकामा र ईचोक महानकाल ईलाकामा दुईदिने मेडिकल क्याम्पको आयोजना गरेको हो । उक्त क्याम्पबाट करिब १६५ जना बाढी पिडित व्यक्तिहरुलाई चेकजांच गरी औषधि वितरण गरेको थियो ।
यस्तै सेनाले सिन्धुपाल्चोक जिल्लाको चामे गाउँपालिका ३, चामेस्थित घट्टे खोलाको पुल र स्थानीय आवत जावत गर्ने बाटो मरामत कार्य गर्नुका साथै मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका ७, सातमोड ईलाकामा अवरुद्ध रहेको गमगढीअनाग्मा सडक खण्ड खुलाउने कार्यमा नेपाली सेनाको उद्धार टोलीले सहयोग समेत गरेको छ ।
मनाङ जिल्लाको नयाँ बजार र चामे बजार जोड्ने चामे गाउँपालिका ३ स्थित घट्टे खोलाले पुल बगाए पश्चायत नेपाल प्रहरीको सहकार्यमा नेपाली सेनाले पक्कील काठे पुल निर्माण समेत सेनाले सम्पन्न गरेको छ ।











