बाढी प्रभावित स्थानमा नेपाल प्रहरीको निः शुल्क स्वास्थ्य शिविर सञ्चालन
सिन्धुपाल्चोक, असार १० : हालै परेको अविरल वर्षाका कारण आएको बाढी पहिरो प्रभावित स्थानमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जले बिहीबार निः शुल्क स्वास्थ्य शिविर...
सिन्धुपाल्चोक, असार १० : हालै परेको अविरल वर्षाका कारण आएको बाढी पहिरो प्रभावित स्थानमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जले बिहीबार निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
प्रहरी अस्पतालबाट प्रहरी वरिष्ठ उपरीक्षक डा.सञ्जय विक्रम श्रेष्ठको नेतृत्वमा खटिएको २१ जनाको विशेषज्ञ टोलीले सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ४ चिलौनेघारीस्थित मेलम्ची भ्याली कलेजमा उक्त शिविर सञ्चालन गरी सो क्षेत्रका बाढी पीडित १ सय ७९ जना स्थानीयलाई चेकजाँच गरी निःशुल्क औषधि वितरण गरेको हो ।
शिविरमा मानसिक रोग, ज्वरो, हातखुट्टा सुनिएका तथा दुखेका, पेट सम्बन्धि, स्त्री तथा प्रसुती रोग, बाल रोग, दन्त रोग लगायतबाट पीडित स्थानीय वासिन्दाहरूलाई जेक जाँच गरी ती मध्ये ४२ जनालाई भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो ।
प्रकाशित मिति: १९:३६ बजे, बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











