खेल चलिरहँदा रोनाल्डोमाथि मैदानमै कोकको बोतल प्रहार
काठमाडौं, असार १० : १६औं संस्करण अन्तर्गतको युरोकप फुटबल समूह एफ को अन्तिम खेलमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोमाथि कोका कोलाको बोतल प्रहार भएको...
काठमाडौं, असार १० : १६औं संस्करण अन्तर्गतको युरोकप फुटबल समूह एफ को अन्तिम खेलमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोमाथि कोका कोलाको बोतल प्रहार भएको छ ।
हंगेरीको बुडापेस्टमा बुधबार राति भएको खेलमा फ्रान्सविरुद्ध २ गोल गर्दै खुसीयाली मनाइरहेका रोनाल्डोमाथि अचानक एक समर्थकले कोकको बोतल प्रहार गरेका हुन्। ५८औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र डिफेन्डर जुल्स कुन्डेले ह्यान्ड गरेपछि रोनाल्डोले पेनाल्टी हान्ने अवसर प्राप्त गरेका थिए।
रोनाल्डोले गरेको प्रहार गोलरक्षक लोरिसले ठम्याउन नसक्दा गोलमा परिणत भएको थियो। सोही समय खुसीयाली बनाउन मैदानको छेउको भाग पुगेका रोनाल्डोमाथि कोकको बोतल प्रहार भएको हो। उनलाई कुनै चोटपटक भने नलागेको बताईएको छ ।
यसअगाडी रोनाल्डोले हंगेरीविरुद्धको सुरुवाती खेल अघिको पत्रकार सम्मेलनका दौरानमा चर्चित पेय पदार्थ कोका कोलाको बोतल हटाउँदा यसको असर सेयर बजारमा देखिएको थियो। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कोकले युरोपेली सेयर बजारमा एक दशमलव ६ अंक अर्थात् ४ बिलियन डलर गुमाएको छ।











