Kathmandu Press

शिक्षामन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य : विवेकशील साझा 

काठमाडौं, असार १० : विवेकशील साझा पार्टीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बस्न नैतिक रुपमा अयोग्य रहेको बताएको छ ।बिहीबार एक विज्ञप्ति जारी गर्दै...
शिक्षामन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य : विवेकशील साझा 

काठमाडौं, असार १० : विवेकशील साझा पार्टीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बस्न नैतिक रुपमा अयोग्य रहेको बताएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त पार्टीले काठमाडौंको घर भाडामा लिने दिने जातीय विभेदसँग जोडिएको घटनालाई प्रभावित पार्नेगरी राज्य शक्तिको दुरुपयोग गरेको भन्दै मन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य सावित भएको दाबी गरेको हो ।

 ‘आरोपित व्यक्तिले जातीय विभेद गरे नगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्ठ उल्टै झन्डावाल गाडीमा प्रहरीकहाँ पुगेर अनुसन्धान प्रभावित पार्नु कदापि स्वीकार्य हुन सक्दैन। कानुनतः दण्डनीय र सामाजिक रूपमा पूर्णतः अस्वीकार्य जातीय विभेदसँग जोडिएको भनिएको सो घटनाको गाम्भीर्यता मनन गर्न नसक्ने र राज्य शक्तिको दुरुपयोग गर्ने मन्त्री श्रेष्ठ उक्त पद बसिरहन नैतिक रूपमा अयोग्य साबित भइसकेका छन्’ , बिज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा काठमाण्डौमा घर भाडामा लिने–दिने प्रक्रियामा आफूमाथि जातीय विभेद भएको भनी दिइएको उक्त जाहेरीको गम्भीर र निष्पक्ष छानबिन अघि बढाउन समेत सो पार्टीले सरकारसँग जोडदार माग गरेको छ ।

सञ्चारकर्मी समेत रहेकी रुपा सुनारले आफूलाई जातीयताका आधारमा कोठा भाडामा नदिएको आरोपमा उजुरी गरेपछि प्रहरीले बबरमहलकी घरधनी सरस्वती प्रधानलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।  सुनारको जाहेरीपछि ३ दिन थुनामा बसेकी प्रधान रिहा भएपछि उनलाई छुटाउन  शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुगेका थिए ।

प्रकाशित मिति: १८:४२ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्