समलिंगी र तेस्रो लिंगीहरू सडकमा ओर्लिएपछि... (फोटोफिचर)
काठमाडौं, असार १४ : काठमाडौंमा समलिंगी र तेस्रो लिंगीहरूले शनिबार र्याली निकालेका छन्।
समलिंगी र तेस्रो लिंगीहरूको छात....
काठमाडौं, असार १४ : काठमाडौंमा समलिंगी र तेस्रो लिंगीहरूले शनिबार र्याली निकालेका छन्।
समलिंगी र तेस्रो लिंगीहरूको छाता संस्था मितिनी नेपाल र नेपाल प्राइड परेडको आयोजनामा लैंगिक विभेदको अन्त्य गर्न माग गर्दै उनीहरुले र्याली निकालेका हुन्।

माइतीघर मण्डलाबाट सुरु भएको समलिंगी र तेस्रो लिंगीहरूको र्याली बानेश्वरमा पुगेर सकिएको थियो। बानेश्वरमा पुगेर उनीहरुले प्राइड परेड पनि गरेका थिए।

लैंगिक तथा यौनिक समानताको पक्षमा विश्वभर प्राइड परेड गर्ने गरिएको छ। जुन महिनालाई प्राइड महिनाका रुपमा मनाउने गरिएको छ। हरेक वर्ष जुन महिनामा विश्वभर लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, क्वेयर समुदायको अधिकार पक्ष र उनीहरुमाथि हुँदै आएको विभेदको विपक्षमा प्राइड परेड हुने गरेको छ।













