Kathmandu Press

ओलीद्वारा मन्त्रीहरुको जिम्मेवारी हेरफेर : पौडेललाई गृह, नेम्वाङलाई सञ्चार

ओलीद्वारा मन्त्रीहरुको जिम्मेवारी हेरफेर : पौडेललाई गृह, नेम्वाङलाई सञ्चार

काठमाडौं, १० असार : प्रधानमन्त्री केपी ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेर अन्य मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन्।

आज (बिहीबार) गरिएको जिम्मेवारी हेरफेपछि उपप्रधानमन्त्रीसहित अर्थमन्त्री रहेका विष्णु पौडेललाई गृह मन्त्रालयको पनि जिम्मेवारी दिएको छ।

पौडेललाई नै उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पनि दिइएको बालुवाटार स्रोतले जनाएको छ।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री रहेका कृष्णगोपाल श्रेष्ठलाई अन्य तीन मन्त्रालयको जिम्मेवारी तोकिएको छ। जसमा वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार र स्वास्थ्य तथा जनसंख्या रहेका छन्।

भौतिक पूर्वाधार तथा निर्माणमन्त्री वसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी थपिएको छ।

न्याय, कानुन तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई पनि थप मन्त्रालयको जिम्मेवारी तोकिएको छ। जसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रहेकोस्रोतको भनाइ छ।

प्रकाशित मिति: १७:१२ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्