थपिए २४७४ कोरोना संक्रमित, २४ जनाको मृत्यु
१२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जना संक्रमित थपिएका हुन् ।
काठमाडौं, असार १० : पछिल्लो २४ घण्टामा २ हजार ४७४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
१२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जना संक्रमित थपिएका हुन् । हालसम्म पीसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना तथा एन्टिजेन विधिबाट २९ हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ।
पछिल्लो २४ घण्टामा थप २ हजार ५१८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ७ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन्।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ। हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा,३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ९१८ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: १६:५३ बजे, बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











