Kathmandu Press

ओलीको अहंकारले अहिलेको संकटः माधव नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको अहंकारका कारण अहिलेको संकट आएको दोहोर्‍याएका छन् ।
ओलीको अहंकारले अहिलेको संकटः माधव नेपाल

काठमाडौं, असार १० : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको अहंकारका कारण अहिलेको संकट आएको दोहोर्‍याएका छन् ।

नयाँ बानेश्वरस्थितसंघीय संसद् भवनमा बिहीबार सम्पादकहरूसँगको अन्तर्क्रियामा नेपालले भने, ‘ओलीको अहंकारले यो सबै भइरहेको छ। ओलीले गल्ती सुधारे भने ठाउँ दिन सकिन्छ ।’

तर, त्यसका लागि ओलीले ‘कोर्स करेक्सन’ गरेर आउनुपर्ने उनले बताए । ओलीले आफूमाथि गरेको कारवाही हास्यास्पद भएको उनको भनाइ थियो । ‘तर, यो कौन पुछे खेसरीका दालजस्तो हो,’ उनले भने ।

ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन बदर हुनुपर्ने पनि नेपालले बताए।

प्रकाशित मिति: १५:३७ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्