Kathmandu Press

देशभर मनसुन सक्रिय, पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडाैं, असार १४ :  मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ। शनिबार देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक द....

देशभर मनसुन सक्रिय, पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना
फाइल

काठमाडाैं, असार १४ :  मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ। शनिबार देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ। 

आगामी तीन दिन पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरो जानसक्ने भन्दै मौसमविद्ले सचेत रहन आग्रह गरेको छ। शनिबार बिहानदेखि मनसुनी गतिविधि सक्रिय हुँदा काठमाडौं उपत्यकासहित मध्य र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो। 

राति देशभर आंसिकदेखि सामान्य बदली रही पूर्व र मध्यका धेरैजसो स्थानमा र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनसमान महाशाखाले जनाएको छ। आइतबार देशैभर सामान्य बदली भई पूर्व र मध्यका केही स्थानका साथै पश्चिमका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको बताइएको छ। 

सोमबार देशभर सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ डिग्री र अधिकमत तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबै भन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। 

प्रकाशित मिति: १३:३० बजे, शनिबार, असार १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्