Kathmandu Press

 रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप 

रौतहट, असार १० : रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ।बिहीबार मौलापुर नगरपालिकाको नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गरेका थिए । ढुंगामुढा गर्न थालेपछि...
 रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप 

रौतहट, असार १० : रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ।

बिहीबार मौलापुर नगरपालिकाको नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गरेका थिए । ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ ।

मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए । पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति: १४:४० बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्