Kathmandu Press

तीन करोड नेपालीकी राष्ट्रपति भण्डारीमा ओली मोह देखियो : वरिष्ठ अधिवक्ता दाहाल

काठमाडौं, असार १० : प्रतिनिधिसभा पुनस्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखेर दायर गरिएको रिटमाथि बुधबारदेखि संवैधानिक इजलासमा बहस...
तीन करोड नेपालीकी राष्ट्रपति भण्डारीमा ओली मोह देखियो : वरिष्ठ अधिवक्ता दाहाल

काठमाडौं, असार १० : प्रतिनिधिसभा पुनस्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखेर दायर गरिएको रिटमाथि बुधबारदेखि संवैधानिक इजलासमा बहस सुरु भएको छ।

बहसको दोस्रो दिन आज (बिहीबार) वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको कार्य दुराशययुक्त रहेको बताएका छन्।

भण्डारी केपी ओली ओलीको मात्र नभएर ३ करोड नेपालीको राष्ट्रपति भएको उल्लेख गर्दै उनमा ओलीमोह देखिएको बताए। दाहालले धृतराष्ट्रले पुत्र मोह देखाएजसरी राष्ट्रपतिले ओलीबाहेक अरू प्रधानमन्त्री बन्नै पाउँदैनन् भन्ने तरिकाले लाग्नु गलत भएको तर्क गरे।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन सिफारिस गर्नेबित्तिकै राष्ट्रपति भण्डारीले तुरुन्तै जारी गर्नुको कारण के हो भनी उनले प्रश्न गरे। विश्वासको मत छैन म चलाउँदिन भनेका ओली फेरि प्रधानमन्त्रीका लागि दाबी गर्न जानु र राष्ट्रपतिले पनि तुरुन्त उनलाई नै प्रधानमन्त्री बनाउनु गलत भएको उनको स्पष्टोक्ति थियो। 

राष्ट्रपति कार्यालयले मुद्दा लाग्दैन भनेर गरिएको दाबी गलत भएको तर्क उनले गरे। उनीअघि बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि सोही तर्क अघि सारेका थिए।
 
राष्ट्रपतिको अधिकारबारे कटुवाल प्रकरणमा स्पष्ट व्याख्या गरेकाले अहिले आएर मुद्दा लाग्दैन भनी राष्ट्रपति कार्यालेले दाबी गर्दै नमिल्दैन उनको भनाइ थियो। 

दाहालले राष्ट्रपतिले धारा ७६ (५) को प्रधानमन्त्रीमा देउवाको दाबी अस्वीकार गर्दा राष्ट्रपतिले लिएको दाबी गलत भएको बताए। शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका माधव नेपालहरुको समर्थन केपी शर्मा ओलीलाई पनि रहेको भन्नु पनि गलत भएको उनको भनाइ थियो।

उनले दलीय समर्थन र एकल बहुमतको आधारमा सरकार बन्न नसकेको अवस्थामा संसद् जोगाउन धारा ७६ (५) को व्यवस्थागरिएको जिकिर गरे। राष्ट्रपतिले गरेको निर्णयबारे अदालतमा प्रश्न उठाउन नपाइने भन्ने कस।ा गलत रहेको तर्क गरे।

प्रकाशित मिति: १३:५५ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्