Kathmandu Press

सन्तोषीको हत्या आरोपमा एक युवक पक्राउ, बलात्कार प्रयास प्रतिकार गर्दा हत्या भएको खुलासा

काठमाडौं, असार १० : विभिन्न पशुपन्छीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी युवती सन्तोषी सुब्बाको हत्या आरोपमा प्रहरीले काठमाडौं-२७ कमलाक्षी इनबहालबाट एक युवकलाई पक्राउ गरेको...
सन्तोषीको हत्या आरोपमा एक युवक पक्राउ, बलात्कार प्रयास प्रतिकार गर्दा हत्या भएको खुलासा

काठमाडौं, असार १० : विभिन्न पशुपन्छीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी युवती सन्तोषी सुब्बाको हत्या आरोपमा प्रहरीले काठमाडौं-२७ कमलाक्षी इनबहालबाट एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने युवक सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका-१४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिना हुन्। उनी गाडीको सहचालक रहेको खुलेको छ।

तिमल्सिनालाई बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो।

अपराध अनुसन्धान महाशाखाका अनुसार तिमल्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि घाँटी थिची सलले घाँटीमा बेरी हत्या गरेको पाइएको छ। त्यसपछि नचिनियोस् भन्ने उद्देश्यले अनुहार क्षतविक्षत हुने गरी ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी फरार लुकिछिपी बसेको जनाइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा सुब्बाले आफूलाई खाना र बासको समस्या भएको बताएपछि अभियुक्त तिमल्सिनाले आफूले काम गर्ने गाडीमा व्यवस्था गरिदिने भन्दै घटनास्थलतर्फ लगेका खुल्न आएको जनाइएको छ। 

तिमल्सिनाको साथबाट घटनाको बेला आफूले लगाएका कपडा र मृतकको मोबाईल, मेमोरी कार्ड फेला परेका अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

हिजो (बुधबार) दक्षिणकालीस्थित एउटा ट्वाइलेटमा सुब्बाको शव भेटिएको थियो।

प्रकाशित मिति: १३:३० बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्