ललितपुरमा बहुमत सदस्यले बजेट प्रस्तुत गर्ने बैठक बहिष्कार गर्ने
ललितपुर, असार १०: आज (बिहीबार) देशभरका ७५३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गर्नुपर्ने दिन हो। ललितपुर महानगरपालिकाले पनि बजेट...
ललितपुर, असार १०: आज (बिहीबार) देशभरका ७५३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्नुपर्ने दिन हो। ललितपुर महानगरपालिकाले पनि बजेट सार्वजनिक गर्न आज दिउँसो १ बजेका लागि नगरसभा बैठक बोलाएको छ।
तर उक्त नगरसभाका बहुमत सदस्यले बैठक बहिष्कार गर्ने भएका छन्। ९२ सदस्यीय ललितपुर नगरसभाका ६६ सदस्यले बहिष्कार गर्ने निर्णय गरेको एक वडाध्यक्षले जानकारी दिए। नीति तथा कार्यक्रम पारित हुनुअघि कुनै छलफल नगरिएकाले आफूहरूले बैठकमा सहभागी नहुने निर्णय लिइएको उनले बताए।
बैठक बहिष्कार गर्नेहरूले विज्ञप्ति नै सार्वजनिक गरेर आफूहरू उपस्थित नहुने बताएका हुन्। ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै नेपाली कांग्रेसका तर्फबाट विजयी भएका हुन् । तर नगरसभामा कांग्रेस अल्पमतमा रहेको छ।
प्रकाशित मिति: १२:३६ बजे, बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











