Kathmandu Press

छिमेकसँग नेपालको सम्बन्ध पहिलेभन्दा सङ्लिएको छ: प्रधानमन्त्री ओली

काठमाडौं,  असार १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै देशलाई हेर्ने नेपालको दृष्टिकोण एउटै हुनु पर्ने बताएका छन्।

 परराष्ट्....

छिमेकसँग नेपालको सम्बन्ध पहिलेभन्दा सङ्लिएको छ: प्रधानमन्त्री ओली

काठमाडौं,  असार १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै देशलाई हेर्ने नेपालको दृष्टिकोण एउटै हुनु पर्ने बताएका छन्।

 परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय कार्यक्रमको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिका सम्बन्धमा सबै देशलाई हेर्ने दृष्टिकोण एउटै हुनुपर्ने बताएका हुन्।
‘देशको परराष्ट्र नीति, व्यक्ति पिच्छे, पार्टी पिच्छे फरक हुनु हुँदैन,’ उनले भने,‘नेपालले एउटै विदेश नीति बनाएर अघि बढ्नु पर्दछ।’

प्रधानमन्त्री ओलीले नेपालले अब राजनीतिक कुटनीतिमा मात्र नभएर आर्थिक कुटनीतिमा पनि ध्यान दिनु पर्ने बताए। ‘हाम्रो मुख्य उद्देश्य देशलाई समृद्धिको बाटोेमा तीव्र गतिमा अघि बढाउने हो,’प्रधानमन्त्री ओलीले भने,‘हाम्रो क्षमता सीप र प्रविधिलाई विकासतर्फ केन्द्रित गर्नुपर्दछ।’

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माण, नेपाल एकीकरण र सार्वभौमसत्ताको रक्षाका लागि विगतमा योगदान गर्ने सबैलाई आफूले स्मरण गर्न चाहेको बताए। प्रधानमन्त्री ओलीले विगतमा भन्दा नेपालको छिमेक सम्बन्ध सङ्लिएको दाबी गरे। 

‘छिमेक नीतिका सम्बन्धमा हामीले थुप्रै कुरामा पुनरावलोकन गरेका छौं,’ उनले भने,‘हाम्रो छिमेक सम्बन्ध सत्य, न्याय र विश्व व्यवस्थामा आधारित हुनुपर्दछ। हामी त्यतातर्फ नै केन्द्रित छौं। हाम्रो मुख्य उद्देश्य नै सबैसँग मित्रता, छैन कसैसँग सत्रुता भन्ने हो।’
 

प्रकाशित मिति: १३:१९ बजे, शनिबार, असार १४, २०७६