Kathmandu Press

न्युजिल्यान्डले जित्यो टेस्ट च्याम्पियनसिप

काठमाडौं, असार १० : आईसिसी टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्यान्डले जितेको छ। इंग्ल्यान्डको साउथह्याम्पटनमा बुधबार सम्पन्न फाइलनमा भारतमाथि ८ विकेटको सानदार जित निकाल्दै न्युजिल्यान्ड च्याम्पियन बनेको...
न्युजिल्यान्डले जित्यो टेस्ट च्याम्पियनसिप

काठमाडौं, असार १० : आईसिसी टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्यान्डले जितेको छ। 

इंग्ल्यान्डको साउथह्याम्पटनमा बुधबार सम्पन्न फाइलनमा भारतमाथि ८ विकेटको सानदार जित निकाल्दै न्युजिल्यान्ड च्याम्पियन बनेको हो।

भारतले दिएको १३९ रनको लक्ष्य न्युजिल्यान्डले ४५.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टयो। न्युजिल्यान्डलाई जित दिलाउन कप्तान केन विलयम्सन, डेभन कन्वे र रोस टेलरले ब्याटिङ तथा कायल जेमिन्सन, टिम साउदी र ट्रेन्ट बोल्डले बलिङमा उत्कृष्ट प्रदर्शन गरे।

अन्तिम दिन कप्तान विलियम्सनले ५२ रन बनाउँदा रोस टेलरले ४७ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए। भारतका रविचन्द्रन आश्विनले २ विकेट लिए। 

यसअघि भारतले दोस्रो इनिङमा १७० रनमै अलआउट भएपछि न्युजिल्यान्डले सहज लक्ष्य पाएको थियो। भारतका लागि ऋषव पन्तले सर्वाधिक ४१ रन बनाउँदा रोहित शर्माले ३० र रविन्द्र जडेजाले १६ तथा चेतेश्वर पुजारा र अजिन्का रहाणेले समान १५ रन बनाए। 

भारतलाई सस्तैमा समेट्ने क्रममा न्युजिल्यान्डका टिम साउदीले ४, ट्रेन्ट बोल्डले ३ र कायल जेमिन्सनले २ विकेट लिए।

यसअघि भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो। अजिन्का रहाणेले ४९ र कप्तान विराट काहलीले ४४ रन बनाए। न्युजिल्यान्डका जेमिन्सनले ५ तथा बोल्ड र नेइल बाग्नरले समान २ विकेट लिएका थिए।

न्युजिल्यान्डले भने पहिलो इनिङमा २४९ रन बनाएका थियो। कन्वेले १५३ बल खेल्दै सर्वाधिक ५४ रन बनाउँदा कप्तान विलियम्सनले १७७ बल खेल्दै ४९ रन बनाए। भारतका मोहम्मद सामीले ४, इशान्त शर्माले ३ र आश्विनले २ विकेट लिएका थिए।

उपाधिसँगै न्युजिल्यान्डले १६ लाख अमेरिकी डलर प्राप्त गर्यो भने भारतले ८ लाख पायो। 

प्रकाशित मिति: ०६:५५ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्