समूह ‘ई’बाट स्वीडेन र स्पेन अन्तिम १६ मा
काठमाडौं, असार १० : युरो कपमा समूह ‘ई’बाट स्वीडेन र स्पेन अन्तिम १६ मा प्रवेश गरेका छन्। बुधबार राति भएको समूह चरणका अन्तिम खेलमा जित...
काठमाडौं, असार १० : युरो कपमा समूह ‘ई’बाट स्वीडेन र स्पेन अन्तिम १६ मा प्रवेश गरेका छन्।
बुधबार राति भएको समूह चरणका अन्तिम खेलमा जित निकाल्दै स्वीडेन समूह विजेता र स्पेन उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।
बुधबार राति सेन्ट पिटर्सबर्गमा भएको समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई ३–२ ले पराजित गर्दै स्वीडेन समूह ‘ई’को विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो।
समूह चरणमा २ जित र एक बराबरी खेलेको स्वीडेन ७ अंकसहित शीर्ष स्थानमा रह्यो। समूहबाट स्पेन दोस्रो हुँदै नकआउट चरण पुगेको छ। २ बराबरी १ जित निकालेको स्पेनको ५ अंक छ। ३ अंक जोडेको स्लोभाकिया तेस्रो र १ अंक जोडेको पोल्यान्ड चौथो स्थानमा रहे।
स्वीडेनको जितमा इमिल फोर्सबर्गले २ गोल गरे भने अर्को गोल भिक्टर क्लाइसनले गरे। पोल्यान्डका लागि दुवै गोल रोबर्ड लेवान्डोस्कीले गरे।
फोर्सबर्गले १७औं मिनेटमा गोल गर्दै स्वीडेनलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–० मै सकिएको खेलमा ५९औं मिनेटमा फोर्सवर्गले नै गोल गगर्दै स्वीडेनका अग्रता दोब्बर बनाए।
६१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काए। ८४औं मिनेटमा लेवान्डोस्कीले नै गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।
तर, खेलको इन्जुरी समयमा क्लाइसनले गोल गर्दै स्विडेनलाई ३–२ जित दिलाउँदै समूह इको विजेता बताए।
अब क्वार्टरफाइनल प्रवेशका लागि स्वीडेनले युक्रेनको सामाना गर्नेछ। युक्रेन समूह सीको तेस्रो हुँदै नकआउट चरण प्रवेश गरेको हो।
यसैगरी समूह चरणको अन्तिम खेलमा स्लोभाकियामाथि ५–० को सानदार जित निकाल्दै स्पेन उपविजेता बन्यो। सेभियामा भएको खेलमा स्पेनलाई जित दिलाउन अल्भारो मोराटा, पाब्लो साराबिया र अमेरिक लापोर्टेले गोल गरे। यस्तै अन्य दुई गोल आत्मघाती भएको थियो।
स्पनेले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरेको थियो। यता, स्पेनसँगको फराकिलो हारसँगै स्लोभाकिया समूह चरणबाटै बारिएको छ। यो हार स्लोभाकियाका लागि तेस्रो स्थानको उत्कृष्ट चारभित्र पर्न बाधक बन्यो ।
स्पेनले अन्तिम १६ मा समूह डीको उपविजेता क्रोएसियाको सामाना गर्नेछ।











