Kathmandu Press

हंगेरीसँग बराबरी खेल्दै जर्मनी नकआउट चरणमा

काठमाडौं, असार १० : समूह चरणको खेलमा हंगेरीसँग बराबरी खेल्दै जर्मनीले अन्तिम १६ मा स्थान पक्का गरेको छ। बुधबार राति म्युनिखमा भएको खेलमा खेलमा २...
हंगेरीसँग बराबरी खेल्दै जर्मनी नकआउट चरणमा

काठमाडौं, असार १० : समूह चरणको खेलमा हंगेरीसँग बराबरी खेल्दै जर्मनीले अन्तिम १६ मा स्थान पक्का गरेको छ। 

बुधबार राति म्युनिखमा भएको खेलमा खेलमा २ पटक पछि परेको अवस्था उल्टाउँदै हंगेरीसँग २–२ गोलको बराबरी खेल्दै जर्मनी समूह एफको उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो।

यो समूहमा २ जित र १ हारको सामना गरेको जर्मनी ६ अंक जोड्दै दोस्रो भयो। समूह एफबाट विजेताका रुपमा फ्रान्स र तेस्रो हुँदै पोर्चुगल पनि नकआउट चरणमा प्रवेश गरेका छन्। 

अब जर्मनीले अन्तिम १६ मा समूह ‘डी’को विजेता इंग्ल्यान्डको सामना गर्नेछ।

खेलमा जर्मनीका लागि काइ हाभट्र्ज र लियोन गोर्टेज्काले गोल गरे भने हंगेरीका एडम सेलाई र एन्द्रेस साफरले गोल गरेका थिए। खेलमा पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल भएको थियो।

११औं मिनेटमा एडम सेलाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० मै सकियो। तर, ६६औं मिनेटमा हाभट्र्जले गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

८६औं मिनेटमा साफरले गोल गर्दै हंगेरीलाई पुनः अग्रता दिलाए। ८४औं मिनेटमा गोर्टेज्काले गोल गर्दै खेललाई बराबरीमा ल्याए। र, टिमलाई नकआउट चरणमा पु¥याए। पराजित भएको भए जर्मनी समूह चरणबाटै बाहिरिने थियो ।

अन्तिम ६ मिनेट सम्हालिन नसक्दा हंगेरी भने १ अंकसहित समूहको अन्तिममा रहँदै प्रतियोगिताबाट बाहिरियो।

प्रकाशित मिति: ०६:३९ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्