Kathmandu Press

फ्रान्स र पोर्चुगल दुवै नकआउट चरणमा, रोनाल्डोले गरे अलि डिआइको कीर्तिमानसँग बराबरी

काठमाडौं, असार १०: १६औं संस्करणको युरोकपको समूह चरणको अन्तिम खेलमा बराबरी खेल्दै फ्रान्स र पोर्चुगल नकआउट चरण प्रवेश गरेका छन्। बुधबार हंगेरीको बुडापेस्टमा...
फ्रान्स र पोर्चुगल दुवै नकआउट चरणमा, रोनाल्डोले गरे अलि डिआइको कीर्तिमानसँग बराबरी

काठमाडौं, असार १०: १६औं संस्करणको युरोकपको समूह चरणको अन्तिम खेलमा बराबरी खेल्दै फ्रान्स र पोर्चुगल नकआउट चरण प्रवेश गरेका छन्। बुधबार हंगेरीको बुडापेस्टमा भएको खेलमा फ्रान्स र पोर्चुगलले २–२ को बराबरी खेल्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन्।

७ अंक जोडेको फ्रान्स समूह एफको विजेता बन्यो भने ४ अंक जोडेको पोर्चुगल जर्मनीसँग हेड टु हेडमा पछि पर्दै तेस्रो बन्यो। अब अन्तिम १६ मा पोर्चुगलले समूह बीको विजेता बेल्जियमको सामाना गर्नेछ भने फ्रान्सले स्वीट्जरल्यान्डको सामाना गर्नेछ।

बुडापेस्टमा भएको खेलमा पोर्चुगलका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे भने फ्रान्सका लागि करिम बेन्जिमाले गोल गरे। दुवै टिमले दुवै हाफमा समान १ गोल गरे। 

३०औं मिनेटमा पेनाल्टीमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। पोर्चुगलका डानिलो परेरालाई फ्रान्सका किपर ह्युगो लोरिसले फाउल गरेपछि प्राप्त पेनाल्टीमा उनले गोल गरेका थिए। 

त्यस्तै, पहिलो हाफकै इन्जुरी समयको दोस्रो मिनेटमा बेन्जिमाले पेनाल्टीमै गोल गर्दै खेललाई बराबरीमा ल्याए। किलियन एम्बाप्पेलाई नेल्सन सेमेडोले फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो।

दोस्रो हाफको सुरुआतमै बेन्जिमाले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए। बेन्जिमा युरोकपमार्फत् नै ६ वर्षपछि राष्ट्रिय टिममा फर्किएका थिए। 

६०औं मिनेटमा पोर्चुगलले पुनः पेनाल्टी पायो। त्यसमा रोनाल्डोले सहजै गोल गर्दै अन्तर्राष्ट्रिय फुबटलमा सर्वाधिक गोल गर्ने इरानका अलि डिआइको कीर्तिमान बराबरी गरे। 

रोनाल्डाले १७७ खेलमा १०९ गोल गरेका छन्। अब १ गोल मात्र गर्न सके उनले त्यो कीर्तिमान आफ्नो नाममा लेखाउने छन्।

प्रकाशित मिति: ०६:३१ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्