Kathmandu Press

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य 

काठमाडौं, असार ९ : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले पेट्रोल तथा डिजेल मट्टितेलको साविकको बिक्री मूल्यमा...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य 

काठमाडौं, असार ९ : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले पेट्रोल तथा डिजेल मट्टितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो ।

मूल्य बृद्धिपछि अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ ।

यस्तै, हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाउँदै निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको दाबी गरेको छ ।

गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धन (आन्तरिक) को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । 

प्रकाशित मिति: २०:५० बजे, बुधबार, असार ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्