Kathmandu Press

विश्वप्रकाशको प्रश्न, ‘जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिनु पर्छ ?’

काठमाडौं, असार ९ : नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिनु पर्छ ? भनेर प्रश्न गरेका छन् ।शर्माले सामाजिक...
विश्वप्रकाशको प्रश्न, ‘जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिनु पर्छ ?’

काठमाडौं, असार ९ : नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिनु पर्छ ? भनेर प्रश्न गरेका छन् ।

शर्माले सामाजिक सञ्जाल ट्वीटर मार्फत हिजो गिटार बजाउंदै समानताको गीत गाउँदै, आज गाडी गुडाउंदै, मन्त्रीको साइरन बजाउंदै राज्य एउटा पक्षमा उभिन मिल्छ ? भन्दै प्रश्न गरेका हुन् ।

जातीय विभेदको कहाली लाग्दो ब्यथा अन्त्य गर्नका लागि मन्त्रीले पहल गर्नुपर्नेमा मन्त्रीले नै पक्षधरताको खुला सन्देश दिनु उपयुक्त नहुनेप्रति संकेत गर्न खोजेका छन् ।

दलित भएकै कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा भाडामा कोठा नदिएको आरोपमा पक्राउ परेर रिहा भएकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ स्वयं प्रहरी कार्यालय पुगेका थिए।

जातीय विभेदको आरोपमा पक्राउ परेकी प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै अहिले मन्त्री श्रेष्ठको सामाजिक सञ्जालभर आलोचना भइरहेको छ। 

प्रकाशित मिति: १९:२४ बजे, बुधबार, असार ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्