Kathmandu Press

थपिएको रुटमा भोलिबाटै अन्तर्राष्ट्रिय उडान हुने (तालिकासहित) 

काठमाडौं, असार ९ : अन्तर्राष्ट्रिय उडान अन्तर्गत तोकिएको रुटमा बिहीबार (भोलि) बाट उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक...
थपिएको रुटमा भोलिबाटै अन्तर्राष्ट्रिय उडान हुने (तालिकासहित) 

काठमाडौं, असार ९ : अन्तर्राष्ट्रिय उडान अन्तर्गत तोकिएको रुटमा बिहीबार (भोलि) बाट उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ ।

मन्त्रालयले जुन ३० अर्थात् असार १६ गतेसम्मको उडानतालिका सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले २४ तारिखमा दोहा, २५ तारिखमा जापान, २७ तारिखमा दोहा, २८ तारिखमा दुवई, २९ तारिखमा दोहा र ३० तारिखमा दुवई उडान गर्ने जनाएको हो ।

त्यस्तै हिमालय एयरलाइन्सले २७ तारिखमा दुवई र क्वालालम्पुर, २८ तारिख दमाम र ३० तारिखमा दमाम उडान गर्न पाउने भएको छ। कतार एयरवेजले ३० तारिखसम्म ४ उडान तालिका रहेका छन्। कतार एयरवेजले जुन २६, २७, २८ र ३० तारिखमा उडान गर्न पाउनेछन्। टर्किस एयरलाइन्सले २४, २६ र २९ तारिखमा इस्तानबुल–काठमाडौं उडान हुँदै छ।

यस्तै, जजिराले २७ र ३० तारिख कुवेत–काठमाडौं उडान गर्नेछ। फ्लाई दुवईले २९ तारिखमा दुवई–काठमाडौं उडान गर्नेछ। त्यस्तै सलम एयरले २९ तारिखमा काठमाडौं–ओमान उडान गर्दै छ। एयर अरेबिया २६ तारिखमा आवुधाबी–काठमाडौं उडान गर्नेछ। त्यस्तै एयर इन्डियाले काठमाडौं–दिल्ली उडान गर्ने भएको छ।

प्रकाशित मिति: १८:५७ बजे, बुधबार, असार ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्