Kathmandu Press

कोरोना अपडेट : थपिए २४२१ संक्रमित, ३५५८ जना संक्रमणमुक्त, ८१ को मृत्यु

देशभर गरिएको पिसिआर परीक्षण तथा एन्टिजेन परीक्षणका क्रममा एक दिनमा थप २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना अपडेट : थपिए २४२१ संक्रमित, ३५५८ जना संक्रमणमुक्त, ८१ को मृत्यु

काठमाडौं, असार ९ : पछिल्लो २४ घन्टामा कोरोना २ हजार ४ सय २१ संक्रमित थपिएका छन्।

देशभर गरिएको पिसिआर परीक्षण तथा एन्टिजेन परीक्षणका क्रममा एक दिनमा थप २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो। 

देशभरका प्रयोगशालाहरुमा गरी ७ हजार ४ सय ६१ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएकोमा १ हजार ५११ जनामा संक्रमण पुष्टि भएको हो। 

त्यस्तै देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ९ सय ५३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ९ सय १० जनामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी ८१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

थपिएको सहित कोरोना संक्रमणबाट देशभरिमा हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८ सय ९४ पुगेको छ।

त्यस्तै सोही अवधिमा ३ हजार ५ सय ५८ जना संक्रमणमुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५ सय २० पुगेको छ। ती मध्ये ४७ हजार २ सय ४६ जना होम आइसोलेसनमा छन् भने र ३ हजार २ सय ३४ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।

 

प्रकाशित मिति: १६:३८ बजे, बुधबार, असार ९, २०७८