नासपाती रोपेपछि प्रधानमन्त्री ओलीले भने–आफ्ना सन्तान सरह संरक्षण गरौं
काठमाडौं, असार १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तान सरह विरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गरेका छन्।
वृक्षारोपण दिवसको अवसरमा शनिबार कोटे....
काठमाडौं, असार १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तान सरह विरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गरेका छन्।
वृक्षारोपण दिवसको अवसरमा शनिबार कोटेश्वर–कलंकी सडकको किनारामा वृक्षारोपण गर्दै प्रधानमन्त्री ओलीले भने,‘हामीले रोपेका विरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनु पर्दछ। अबको प्रतिस्पर्धा विरुवा संरक्षण गर्नेमा हुनुपर्दछ।’
प्रधानमन्त्री ओलीले वृक्षारोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्ने बताए। वृक्षरोपण दिवस सरकारको मात्र कार्यक्रम नभएर गैरसरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको प्रधानमन्त्री ओलीले बताए।
‘यो सरकारको मात्र होइन जनजनको कार्यक्रम हो,’ प्रधानमन्त्री ओलीले भने,‘हाम्रा पुर्खाले विरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए । त्यसको धार्मिक, वातावरणीय, जैविकआदि उपयोगिता व्यवहारबाटै थाहा पाएर उनीहरुले विरुवाको संरक्षण गर्थे। हामीले पनि त्यो कुराको अनुकरण गर्नु पर्दछ।’
प्रधानमन्त्री ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रहरुम वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनु पर्ने बताए।
यस वर्ष न्यूनतम ३ करोड र बढीमा ५ करोड वटा विरुवा रोप्ने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। सरकारले यस वर्षदेखि असार १४ गतेलाई वृक्षारोपण दिवसको रुपमा मनाउने भएको छ।






