भ्रष्टाचारको आरोपमा चूडामणि शर्मासहित तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा
काठमाडौं, असार ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोलले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीनजनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा दायर...
काठमाडौं, असार ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोलले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीनजनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मुद्दा दायर गरिएका अन्य दुईजनामा कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल रहेको अख्तियारले जनाएको छ।
आयोगले उनीहरू तीनजनालाई प्रतिवादी बनाएर १ अर्ब ३३ लाख ३० हजार ३ सय ८५ रूपयाँ बिगो माग गरी आज (बुधबार) विशेष अदालतमा मुद्दा दायर गरेको हो।
करदाताहरूलाई गैरकानुनी तरिकाले कर बक्यौतामा छुट दिएर भ्रष्टाचार गरको आरोपमा उनीहरूलाई मुद्दा दायर गरिएको बताइएको छ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ बमोजिम उनीहरूसँग सो बराबरको रकम बिगो र दफा ३ को उपदफा (१) र उपदफा (१) बमाेजिम कैद गरी जरिवानसमेतको सजाय माग गरिएको अख्तियारको भनाइ छ।
प्रकाशित मिति: १५:०७ बजे, बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











