Kathmandu Press

आइफा अवार्डका लागि ४४ करोड सहयोग गर्ने सरकारको निर्णयप्रति नेकपामै विरोध

काठमाडौं, असार १४ : इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्डका लागि ४४ करोड रुपैयाँ सहयोग गर्ने सरकारको निर्णयको चर्को विरोध भएको....

आइफा अवार्डका लागि ४४ करोड सहयोग गर्ने सरकारको निर्णयप्रति नेकपामै विरोध

काठमाडौं, असार १४ : इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्डका लागि ४४ करोड रुपैयाँ सहयोग गर्ने सरकारको निर्णयको चर्को विरोध भएको छ।
 
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त कार्यक्रमको २० श्रृंखलाका लागि ४४ करोड रुपैयाँ नगद सहयोग गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको नेकपाभित्रै चर्को विराध भएको छ। 

नेकपाका नेता भीम रावलले शनिबार बिहान  सामाजिक संजालमार्फत उक्त कार्यक्रमका लागि सरकारले ४४ करोड रुपैयाँ दिने निर्णय गरेको सुन्दा आश्चर्य चकित भएको बताएका छन्। उनले यस्ता कामहरु सरकारले कसको उक्साहट वा स्वार्थमा किन गर्छ होला भनेर समेत प्रश्न गरेका छन्। 

‘भारतीय चलचित्र पुरस्कार आईफाको आयोजनाका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड दिने, नेपालको करिब १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खबर सुन्दा आश्चर्य लागेको छ। यस्ता काम कस्को उक्साहट र स्वार्थमा कसले किन गर्छ होला । नेकपाको स्थानी कमिटीको बैठक भए जान्न पाइन्थ्यो कि ?’ रावलले ट्विटरमा लेखका छन् । 

त्यसैगरी सामाजिक संजालमा अधिकांशले उक्त अवार्डका लागि नेपाल सरकारले १ अर्ब खर्च गर्नु गलत भएको भन्दै विरोध जनाएका छन्। 


 

प्रकाशित मिति: १२:३१ बजे, शनिबार, असार १४, २०७६