Kathmandu Press

विश्वासको मत नपाएकालाई राष्ट्रपतिले प्रधानमन्त्रीबाट हटाउनुपर्थ्याे : वरिष्ठ अधिवक्ता कार्की

विश्वासको मत नपाएकालाई राष्ट्रपतिले प्रधानमन्त्रीबाट हटाउनुपर्थ्याे : वरिष्ठ अधिवक्ता कार्की

काठमाडौं, असार ९ : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज (बुधबार) बाट संवैधानिक इजलास सुरु भएको बहसमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि केपी ओलीलाई ‘यु आर नो प्राइममिनिस्टर’ भन्नुपर्नेमा त्यसो हुन नसकेको बताएका छन्।

‘विश्वासको मत नपाइकन राष्ट्रपतिले एक मिनेट पनि प्रधानमन्त्रीको पदमा बस्न दिनुहुँदैनथ्यो,’ रिट निवेदकको पक्षमा बहस गर्दै उनले भने। प्रधानमन्त्री ओलीले सक्दिनँ भनेर स्वीकार गरेर लिखित रुपमा दिँदा पनि राष्ट्रपतिले त्यसैअनुसार निर्णय गर्न नसकेको उनले आरोप लगाए।

प्रधानमन्त्री ओलीले पनि त्यतिबेलै नैतिकताका आधारमा राजीनामा पनि दिनुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्रीको पद खेलाँचीको पद नभएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीबाट कामकारबाही समाधान गर्नेभन्दा पनि अवरोध खडा गर्ने काम भएको जिकिर गरे। 

वरिष्ठ अधिवक्ता कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७६ (५) अनुसार राष्ट्रपतिसमक्ष १ सय ४९ सांसद संख्यासहित प्रधानमन्त्रीमा दाबी पेस गरेकाले सो पदमा उनलाई नै नियुक्त गरिनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १४:१२ बजे, बुधबार, असार ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्