देउवालाई प्रधानमन्त्री बनाउन अधिवक्त खातीले माग गरे परमादेश
काठमाडौं, असार ९ : अधिवक्ता खम्बहादुर खातीले नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गरेका छन्।प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दामा बुधबार संवैधानिक...
काठमाडौं, असार ९ : अधिवक्ता खम्बहादुर खातीले नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गरेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दामा बुधबार संवैधानिक इजलासमा रिट निवेदकको पक्षबाट बहस गर्दै उनले सभापति देउवाको दाबी पुग्ने अवस्था देखिएपछि नयाँ सरकार नबनोस् भन्ने दुराशयका साथ प्रतिनिधिसभा विघटन गरिएको दाबी गरे।
प्रधानमन्त्री केपी ओलीले पहिलोपटक विश्वासको मत लिँदा ९३ मात्रै मत पाएर अल्पमतको सरकारमा परिणत भएपछि संविधानको धारा ७६(४) लाई नाघेर ७६(५) अनुसार सरकार गठनको आह्वान गर्ने राष्ट्रपतिको कदमसमेत गलत रहेको उनले स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले आफूलाई १ सय ५३ जनाको समर्थन रहेको भनी दाबि गर्नु पार्टीका तर्फबाट मात्र भएको जिकिर उनले गरे। कांग्रेस सभापति देउवालाई १४९ सांसदको समर्थन रहेको उनले बताए।
वैकल्पिक सरकार बनाउन मार्गप्रशस्त गरेँ भन्ने प्रधानमन्त्री ओलीले फेरि सरकारको दाबी गर्न नमिल्ने उनले बताए।
यसकारण संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार देउवाको नेतृत्वमा बन्ने निश्चित भएको उनले स्पष्ट पारे। विकल्प हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नु गैरसंवैधानिक भएको अधिवक्ता खातीको तर्क थियो।











