Kathmandu Press

पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल भएकी सन्तोषीकाे हत्या

काठमाडौं, असार ९ :  युट्युबमा भाइरल महिला सन्तोषी सुब्बाको हत्या भएको छ।विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल भएकी उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटमा...
पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल भएकी सन्तोषीकाे हत्या

काठमाडौं, असार ९ : आज (बुधबार) दक्षिणकालीस्थित एउटा ट्वाइलेटमा भेटिएको शव सन्तोषी सुब्बाको भएको प्रहरीले जनाएको छ।

उनी विभिन्न पशुपन्छीको आवाज निकालेर सामाजिक सञ्जालमा भाइरल बनेकी युवती हुन्। प्रहरीका अनुसार हत्या गरेर फलिएको अवस्थामा उनको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार सुब्बाको टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको जस्तो चोट देखिएको छ । उनको अनुहार क्षतविक्षत भएको प्रहरीको भनाइ छ।

घटनालगत्तै त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको उपत्यका अपराध महाशाखाले जनाएको छ। 

प्रहरीले घटनास्थलमा तालिम प्राप्त विशेषज्ञ कुकुरको पनि परिचालन गरेको थियो। सुब्बा गर्भवती भएको हुन सक्ने आशंका पनि गरिएको छ । तर पोस्टमार्टमपछि मात्रै त्यसको पुष्टि हुने प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १२:४१ बजे, बुधबार, असार ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्