Kathmandu Press

अध्यक्ष कपको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी

डोटी, असार ९ : गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप...
अध्यक्ष कपको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी

डोटी, असार ९ : गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । 

गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा आफू निकटका व्यक्तिलाई मात्रै दिएको आरोप लगाउँदै यहाँका स्थानीय युवाले कार्यालयमा तालाबन्दी गरेका हुन् । 

असार मसान्तकै समयमा गाउँपालिकाको कार्यालयमा तालान्दी गरिएपछि पालिकाका नीति तथा कार्यक्रम र चालू योजनाको भुक्तानीमा समेत प्रभावित भएको छ।

गाउँपालिका अध्यक्षले सबै वडाका युवा समावेस गरिएको समितिलाई उक्त बजेट नदिएर अवैधानिक रूपमा आफू अनुकूलको समितिलाई असार मसान्तको अन्तिममा रु पाँच लाख बराबरको बजेट दिएको भन्दै तालाबन्दी गरिएको स्थानीय यूवा भुवन कठायतले जानकारी दिए। 

उनका अनुसार बजेट बिनियोजनका विषयमा गाउँपालिकालाई सल्लाह सुझाव दिन जाँदा आफ्ना माग र सुझावलाई अटेर गरेपछि तालाबन्दी गरिएको हो।
 
युवाको समूहले गाउँपालिकाको कार्यालयमा लगाइएको ताला खोल्ने विषयमा अहिले मिटिङ् बोलाइएको अध्यक्ष दीर्घराज बोगटीले बताए। उनले भने, ‘गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताका लागि रु पाँच लाख रकम बिनियोजन भएको थियो, सो विषयमा केही असन्तुष्ट भएकाहरूले तालाबन्दी गरेको भन्ने सुनेको छु, सबैलाई बोलाएको छु, गुनासा सम्बोधन गरेर तालाबन्दी खोलिने छ ।’
 

प्रकाशित मिति: १२:२० बजे, बुधबार, असार ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्