समूह डीबाट इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक नकआउट चरणमा

काठमाडौं, असार ९ : इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक युरोकपको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह डीबाट इंग्ल्यान्ड विजेता, क्रोएसिया उपविजेता र चेक तेस्रो स्थानको शीर्ष चारमा रहँदै नकआउट चरण प्रवेश गरेका हुन्।
समूह डीअन्तर्गत मंगलबार राति भएका अन्तिम खेलमा चेक रिब्लिकलाई हराउँदै इंग्ल्यान्ड शीर्ष स्थानमा रह्यो भने स्टकल्यान्डलाई हराएको क्रोएसिया दोस्रो भयो । पराजयका बाबजुद पनि चेक नकआउट चरणमा पुग्यो । २ जित १ बराबरी खेलेको इंग्ल्यान्ड ७ अंक भयो भने क्रोएसिया र चेकको सामान ४ अंक छ । तर, बढी गोल गरेका आधारमा क्रोएसिया दोस र चेक तेस्रो भयो । १ अंकमात्र जोडेको स्कटल्यान्ड समूहको अन्तिम रहँदै बाहिरियो।
मंगलबार राति वेल्म्बलीमा भएको खेलमा रहिम स्टर्लिङको निर्णायक गोल मद्दतमा चेक रिपब्लिकलाई १–०ले हरायो । चेकविरुद्ध इंग्ल्यान्डलाई जित दिलाउन स्टर्लिङले खेलको १२औं मिनेटमा गोल गरेका थिए। उनले ज्याक ग्रेलिसको पासमा गोल गरेका थिए ।
स्कटल्यानडविरुद्ध क्रोएसियालाई सानदार जित दिलाउन लुका मोड्रिचले पुनः एक पटक उत्कृष्ट प्रदर्शन गरे । मंगलबार राति भएको खेलमा मोड्रिचले गोल र असिस्ट गरेपछि स्कटल्यान्डमाथि ३–१को जित निकाल्यो ।
क्रोएसियाको जितमा मोड्रिच, पेरेसिच र भ्लासिचले गोल गरे भने कलुम म्याग्रेगोरले गोल गरे । १७औं मिनेटमा भ्लासिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए । उनले पेरेसिचको पासमा गोल गरेका थिए । तर, ४२औं मिनटमा म्याकग्रेथोरले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
तर, मोड्रिचले ६२औं मिनेटमा मेटियो कोभासिचको पासमा गोल गर्दै क्रोसियालाई अग्रता दिलाए । त्यसपछि मोड्रिचकै पासमा पेरिसिचले ७७औं मिनेटमा गोल गरेपछि क्रोएसिया ३–१ले विजयी भयो ।











