आज देशभर वृक्षरोपण गरिने, ३ बर्षमा ३ करोड रुख रोपिने
काठमाडौं, असार १४ : सरकारले आज शनिबार देशभर वृक्षरोपण अभियान सुरु गरेको छ।
वृक्षरोपण कार्यक्रमको आज प्रधानमन्त्री केपी शर्मालेले शुभार....

काठमाडौं, असार १४ : सरकारले आज शनिबार देशभर वृक्षरोपण अभियान सुरु गरेको छ।
वृक्षरोपण कार्यक्रमको आज प्रधानमन्त्री केपी शर्मालेले शुभारम्भ गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले काठमाडौंको कोटेश्वरमा बिरुवा रोप्ने भएका छन्।
यसअघि सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । यो निर्णयसँगै आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना पनि सरकारले बनाएको छ।
सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, सातवटै प्रदेश, स्थानीय तह, विश्वविद्यालय, संस्थान, वन उपभोक्ता समिति र गैरसरकारी संस्थाहरुलाई पनि आ(आफ्नो क्षेत्रमा वृक्षरोपण गर्न निर्देशन दिएको छ।
प्रकाशित मिति: ०८:०८ बजे, शनिबार, असार १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











