नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

काठमाडौं, असार ९ : नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बुधबार बिहानदेखि समस्या आएको छ।
देशभर नै नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको हो। आज बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासो आएको टेलिकमले जनाएको छ।
त्यस्तै, मेसेज नजाने, इन्टरनेट नचल्नेलगायतका समस्या देखिएका छन्।
समस्या समाधान गर्न मर्मत कार्य भइरहेको नेपाल टेलिकमले जनाएको छ। छिट्टै मोबाइल नेटवर्कको समस्या समाधान हुने टेलिकमले जनाएको छ।
नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या आए पनि ल्यान्डलाइन फोन भने चलिरहेका छन्। त्यसमा कुनै समस्या नभएको टेलिकमले जनाएको छ।
प्रकाशित मिति: ०८:०९ बजे, बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











